यी ५ कम्पनी, जसको शेयर मूल्यमा भयो उच्च वृद्धि

अर्थ

e nepaalischar// काठमाडौ । मंगलवार ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य ३ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएका छन् ।

नेप्सेका अनुसार बोट्लर्स नेपाल तराई लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो । शेयर मूल्य १० प्रतिशतले बढ्दै १० हजार ६५ रुपैयाँ पुगेको छ ।

यस्तै रुरु जलविद्युत आयोजनाको शेयर मूल्य ९.९७ प्रतिशतले बढ्दै ६ सय ६२ रुपैयाँ पुगेको छ । यस्तै युनाइटेड मोदी जलविद्युत लिमिटेडको शेयर मूल्य ९.९१ प्रतिशतले बढ्दै २ सय ५५ रुपैयाँमा पुगेको छ ।

नेप्सेका अनुसार, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.८८ प्रतिशतले बढ्दै २ सय ७८ रुपैयाँ पुगेको छ । यस्तै समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.०५ प्रतिशत अर्थात ८० रुपैयाँले बढ्दै ९ सय ६४ रुपैयाँ पुगेको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *