प्रधानमन्त्री ओलि र नेता थापा बिच यस्तो सहमति भएपछि राप्रपाको भोट बादललाई

राजनीति समाचार

e nepalisamchaar // काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मतदान गर्ने निर्णय गरेको छ । बादललाई नै मतदान गर्ने निर्णय भएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

केही समयअघि नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष कमल थापालाई फोन गरी मत मागेका थिए । एमालेले हिजो राप्रपालाई पत्रसमेत पठाएको थियो ।

यही जेठ ६ गते हुने उपनिर्वाचनमा राप्रपाका तर्फबाट प्रदेशसभा सदस्य दुई र स्थानीय तहका दुईजना प्रतिनिधि मतदाता रहेका छन् । यसअघि प्रधानमन्त्री ओलीले राप्रपा निकट एक जनालाई प्रदेश प्रमुख बनाइसकेका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *