नेपालमा फेला परेको भारतीय नयाँ भेरियन्टको कोरोना कत्तिको खतरनाक छ ?

समाचार स्वास्थ्य

e nepaalisachaar// काठमाडौं– मंगलबार नेपालमा पुष्टि भएको कोरोना भाइरसको नयाँ भेरियन्टमध्येको एक (बी.१.६१७.२) ले सबैको चिन्ता बढाएको छ । किनभने यो भाइरस नेपालमा मात्र होइन भारतहुँदै विभिन्न ४० वटा देशसम्म फैलिसकेको बताइन्छ । अहिले आएर यही भेरियन्टका बारेमा भारत र सिंगापुरबीच एक प्रकारको कूटनीतिक वहस समेत छेडिएको छ । वास्तवमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सिंगापुरको भेरियन्टप्रति चिन्ता व्यक्त गरेका थिए, जसका कारण सिंगापुर भारतप्रति नै रुष्ट भएको छ ।

सिंगापुरको भनाइ के छ भने उसको देशमा कुनै नयाँ भेरियन्ट फेला परेको होइन, भारतमै भएको भेरियन्ट सिंगापुरमा पनि भेटिएको हो । मंगलबार नै नेपालमा समेत पुष्टि भएको उक्त भेरियन्टका बारेमा केही जानकारी : वास्तवमा, नेपालमा समेत पुष्टि भएको तथा केजरीवालले सिंगापुरको जुन भेरियन्टका बारेमा सवाल उठाएका थिए, त्यो सिंगापुरमा पैदा भएको होइन ।

सिंगापुर सरकारको दावी के छ भने त्यो कुनै नयाँ भेरियन्ट होइन, उल्टो भारतमै भएको बि.१.६१७.२ बाटै धेरै जना संक्रमित भैरहेका छन् । सिंगापुर सरकारका अनुसार यो भेरियन्ट सबैभन्दा पहिला भारतमै फेला परेको हो, त्यसपछि विभिन्न देशसम्म पुगेको हो । सिंगापुरको स्वास्थ्य मन्त्रालयले जनाए अनुसरा कोरोनाको बि.१.६१७.२ भेरियन्ट बालबालिकाहरुका लागि खतरनाक सावित भैरहेको छ । सिंगापुरमा कोरोनाका नयाँ लहरका बीच बालबालिकाहरु संक्रमित भैरहेको छन् । त्यसपछि सिंगापुर सरकारले सबै विद्यालयहरु बन्द गर्ने आदेश दिएको छ । त्यसो त, सिंगापुरले के पनि भनेको छ भने जो बच्चाहरुमा यो भेरियन्ट पाइएको छ, उनीहरु गम्भिर रुपले पीडित छैनन् ।

कत्तिको खतरनाक छ यो भेरियन्ट ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार बि.१.६१७.२ भेरियन्ट अहिलेसम्म ४० भन्दा बढी देशमा फेला परिसकेको छ, जुन कुरा निकै चिन्ताजनक छ । यो भेरियन्ट कत्तिको खतरनाक छ भन्ने बारेमा अहिले अनुसन्धान भैरहेको छ । विशेषज्ञहरुका अनुसार यो भेरियन्ट दक्षिण अफ्रिका तथा ब्राजीलमा फेला परेको भेरियन्टसंग मेल खान्छ ।

प्रारम्भिक जानकारी अनुसार यो भाइरसले शरीरमा पैदा भएको एन्डिबडीलाई समेत निष्कृय बनाउँछ, जसका कारण कुनै पनि व्यक्ति कोभिडको चपेटामा आउन सक्छ । त्यसो त राहतको कुरा के छ भने भारत बायोटेकले के दावी गरेको छ भने उसको कोभ्याक्सिन भारत अथवा बेलायतमा पाइएको नयाँ भेरियन्टमा पनि प्रभावकारी सावित हुनेछ । यतिबेला नेपाल, भारतसहित अधिकांश देशहरु यो नयाँ भेरियन्टप्रति सजग भएका छन् । सिंगापुरमा जसरी बालबालिकामा यसको प्रभाव देखिएको छ, यस्तो बेलामा नेपालमा पनि सतर्कता अपाउनु अति नै अनिवार्य भएको छ । त्यसो त यसअघि नै वैज्ञानिकहरुले कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिइसकेको छन्, यस्तो बेला आजैदेथि थप सतर्कता अपनाउनु अनिवार्य छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *