महन्थलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न पाउनु गौरवको विषय हो: उपेन्द्र यादव

राजनीति समाचार

e nepaalischqr// काठमाडौँ, ५ जेठ । जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन तयार रहेको बताएका छन् । जसपाका नेता महन्त ठाकुरको नेतृत्वमा सरकार बनाउदा आफ्नो समर्थन खुलेरै हुने बताएका छन् । यसमा मेरो कुनै असहमती नरहेको बताएका छन् । उनले महन्त ठाकुर प्रधानमन्त्री भए यो उनको र पार्टीका लागि गौरवको कुरा हुने बताएका छन् ।

जसपामा पार्टीका नेताहरु प्रधान्मन्त्री बनिसकेका र बन्न सक्ने क्षमता भएका नेताहरुको कमि नभएको बताएका छन् । आफुलाई प्रधानमन्त्री बन्ने ईच्छा नभएको र बाबुराम जि र आफु मिलेर महन्त ठाकुरलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको बताएका छन् । यहि कारणले गर्दा जसपा अहिले ओली सरकारको विपक्षमा उभिएको बताएका छन् ।

महन्त ठाकुर प्रधानमन्त्री बन्नकालागि कुनै कुराको कमि नभएको उपेन्द्र यादवले दावी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महन्त ठाकुरलाई हाम्रो समर्थन रहेको बताइसकेका छन् । नेपाली कांंग्रेसले त जसपालाई कि हामिलाई सहयोग गर्नुहोस्  कि जसपाले सरकारको नेतृत्व गर्नुहोस् भनेर कांग्रेसले बताएको यादवले बताएका छन् ।जसपाको नेतृत्वमा सरकार बनाउने संभावना प्रवल भएको उनले बताएका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *