लोभि पापि भ्रष्ट र मानवताहिन नेताहरुलाई कारवाही गर्नु पर्छः सुदन किराती

राजनीति समाचार

e nepalisamchaar // काडमाडौँ, ५ जेठ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले कोरोनाको महामारीको गम्भिर अवस्थामा संसद र ठुला नेता भन्नेहरुले आफ्नो हविगत देखाएर आलोचित हुन पुगेको बताएका छन् । आफ्नो परिवार केही नहोस अरुको जे सुकैहोस भन्ने घटिया निच तल्लो स्थरको सोचाईले गर्दा लोभि पापि मानवता नभएको अपराधि प्रवृतीका नेताहरुको भण्डारफोर गनु पर्ने किरातीले उध्घोस गरेका छन् ।

आफ्नो पद र कुर्सीको आधारमा सम्पुर्ण सिस्टमलाई नै हस्तक्षेप गर्न आफ्नो अख्तियारको चरम दुरुप्रयोग गर्न यस्ता भ्रष्टाचारि दलाल प्रवृतिका नेता कर्मचारि जो सुकैलाई कानुनी दायारामा लिई कारबाहि गरियोस भनेर किरातीले जोड तोड माग राखेका छन् । उनले सम्पुर्ण नागरिकले खोप नलगाई आफुले कोरोनाको खोप नलगाउने स्पष्ट पारेका छन् । जो जहाँ भएपनि आफ्नो स्वास्थको ख्याल आफै गर्न र स्वास्थ मापदण्को पालना गर्न किरातीले अनुरोध गरेका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *