बादलको राजनीति करियर नै दाउमा :उपनिर्वाचन हारे राजनीति समाप्त हुने

राजनीति समाचार

e nepaalischaar// काठमाडौँ, ५ जेठ । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य रिक्त एक पदको उपनिर्वाचन बिहीबार हुँदैछ । निर्वाचनमा एमालेका रामबहादुर थापा बादल, एमालेकै माधव नेपाल पक्षको समर्थनमा गठबन्धन उम्मेदवार खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङको उम्मेदवारी रहेको छ ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतदानका लागि आवश्यक पूर्वाधार र स्वास्थ्य सुरक्षाका मापदण्ड, मतदान केन्द्र स्थापना लगायतका काम अन्तिम चरणमा पुगेको बताए ।मकवानपुरको हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयको भवनमा ३ वटा मतदान केन्द्र रहने उनको भनाइ छ ।

निर्वाचन आयोगको निर्देशन अनुसार नै बागमती प्रदेशसभा सदस्य, प्रदेशका स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष र कोरोना संक्रमित मतदाताहरूको लागि छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था गरिएको उनले बताए ।मतदाताको स्वास्थ्य सुरक्षाका लागि मतदानस्थलमा मेडिकल डाक्टरसहितको हेल्थ डेक्स, एम्बुलेन्स सेवाको समेत व्यवस्था गरिएको निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ ।

आज भुटदेवी विद्यालय पुग्दा मतदान केन्द्रको व्यवस्थापन, मतपेटिका राख्ने, सामाजिक दूरी कायम गर्नका लागि रेखा कोर्नेलगायतका काम धमाधम भइरहेको थियो ।संक्रमित मतदाता र अन्य मतदाताहरूका लागि छुट्टाछुट्टै गेटबाट मतदान स्थलमा प्रवेश गर्ने र बाहिरिने व्यवस्था मिलाइएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको उनले बताए ।

निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ स्थानीय तहका २ सय ३८ जना अध्यक्ष र उपाध्यक्ष गरी कुल ३ सय ४७ जनाले मतदान गर्नेछन् ।मतदानको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बादल हेटौँडा आइसकेको नेकपा एमाले मकवानपुरले जनाएको छ । डा। देवकोटा र तामाङले भने यसअघि हेटौँडा आइसकेका छन् । मतदाताहरू पनि आउने क्रम जारी छ ।

मतदाताहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आवास र खानपानको व्यवस्थापन मिलाउन यहाँका होटल व्यवसायीलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुर बताएको छ । बादलले राष्ट्रियसभा सदस्य उपनिर्वाचन हारे ओलीले एमालेमा ठाएँ नदिने संकेत गरेका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *