रास्ट्रपति कार्यलय पुगे देउवा : प्रधानमन्त्री प्रस्ताव गर्दै १४९ सांसदको साथ ( नामावली सहित )

राजनीति समाचार

E nepaalisamchaar// काठमाडौं, ७ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाका १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् । उनले हस्ताक्षर राष्ट्रपति कार्यालय शितलनिवासमा बुझाएका हुन् । देउवालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका सांसदको साथ रहेको छ ।

हस्ताक्षर गर्नेहरुमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको १७ र बाँकी एमालेका माधव नेपाल समूहका सांसदहरु रहेका छन् । नेपाल समूहका २२ सांसदको हस्ताक्षर रहेको छ । उनीहरु प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । जसपाका ३२ संसद रहेकामा १५ सांसदको हस्ताक्षर छैन । तर, महन्थ ठाकुर समूहले हस्ताक्षरमाथि प्रश्न उठाउने बुझिएको छ । नेकपा एमालेबाट हस्ताक्षर गर्ने सांसदहरुबारे पनि प्रश्न उठ्ने बुझिएको छ । उनीहरु एमाले संसदीय दलबाट कारबाहीमा पर्न सक्छन् ।

१४९ सांसदको हस्ताक्षर भएपनि राष्ट्रपति कार्यालयले त्यसलाई सदर गरेर मात्र प्रक्रिया बढाउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार गठनका लागि प्रतिनिधि सभाका सदस्यहरुलाई आव्हान गरेकी थिइन् । उनले आज साँझ ५ बजेको समयसीमा तोकेर सरकार गठनको आव्हान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनको दौडधूप चलेको थियो

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *