निवेदन हाल्न विपक्षीहरु दरबार गए : बास्कोटा

राजनीति

e nepaalischaar// काठमाडौँ, १० जेठ । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले नेता माधवकुमार नेपालमाथि बहुदलीय व्यवस्थामा निर्दलीय प्रणाली माग्न अदालत गएको आरोप लगाएका छन् ।

एमालेका २३ सांसदसहित देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दर्ता गरे लगत्तै बास्कोटाले सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुई हस्ती अदालत गएको टिप्पणी गरेका हुन् ।

बास्कोटाले भनेका छन्–सुधारिएको पञ्चायतको माग गर्न लोकतन्त्रका दुईहस्ती  दरवारमा निवेदन हाल्ने र दरवारमै प्रजातन्त्र बुझाउनेअदालत गएछन।बहुदलमा निर्दलको माग  रिट निवेदनमा देउवालाई समर्थन गरेका आधारमा एमालेका सांसदमाथि कारवाही हुनबाट रोक्न समेत माग गरिएको सन्दर्भमा बास्कोटाले बहुदलमा निर्दलको माग गरिएको बताएका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *