आफ्नो केही नचलेपछि सुदूरपश्चिममा ओलिले पठाए यस्तो धम्कीपुर्ण पत्र

राजनीति

e nepalisamchaar // काठमाडौँ, १३ जेठ । नेकपा एमालेको विवादको असर सुदूरपश्चिम प्रदेशमा रोचक बनेको छ । एमाले स्थायी कमिटीको बैठकले सरकारबाट फिर्ता हुन दिएको निर्देशन संसदीय दलले अस्वीकार गरेपछि आज प्रदेश कमिटीले मन्त्रीहरुलाई पत्र लेखेर फिर्ता हुन निर्देशन दिएको छ ।

मन्त्रीहरु प्रकाशबहादुर शाह, माया भट्ट र कृष्णराज सुवेदीलाई प्रदेश समितिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले छुट्टाछुट्टै पत्र लेखेर फिर्ता हुन निर्देशन दिएका हुन् । उनीहरुले हिजो बैठक बसी फिर्ता हुन मानेका थिएनन् । बरु सरकारमै रहने निर्णय बहुमतबाट गराएका थिए ।

ओली पक्षका नेता कर्ण थापाले फिर्ताको निर्देशनसहित पत्र लेखेपनि बहुमत सांसदहरु माधव नेपाल पक्षमा रहेका छन् । २५ जना प्रदेश सभा सांसद एमालेको रहेकोमा ६ जना मात्र ओली पक्षका छन् । सभामुख पनि एमालेकै छन् । बाँकी १८ जना सांसदहरु माधव नेपाल समूहमा रहेका भीम रावल निकट रहेका छन् ।

काठमाडौँ, १३ जेठ । नेकपा एमालेको विवादको असर सुदूरपश्चिम प्रदेशमा रोचक बनेको छ । एमाले स्थायी कमिटीको बैठकले सरकारबाट फिर्ता हुन दिएको निर्देशन संसदीय दलले अस्वीकार गरेपछि आज प्रदेश कमिटीले मन्त्रीहरुलाई पत्र लेखेर फिर्ता हुन निर्देशन दिएको छ ।

मन्त्रीहरु प्रकाशबहादुर शाह, माया भट्ट र कृष्णराज सुवेदीलाई प्रदेश समितिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले छुट्टाछुट्टै पत्र लेखेर फिर्ता हुन निर्देशन दिएका हुन् । उनीहरुले हिजो बैठक बसी फिर्ता हुन मानेका थिएनन् । बरु सरकारमै रहने निर्णय बहुमतबाट गराएका थिए ।

ओली पक्षका नेता कर्ण थापाले फिर्ताको निर्देशनसहित पत्र लेखेपनि बहुमत सांसदहरु माधव नेपाल पक्षमा रहेका छन् । २५ जना प्रदेश सभा सांसद एमालेको रहेकोमा ६ जना मात्र ओली पक्षका छन् । सभामुख पनि एमालेकै छन् । बाँकी १८ जना सांसदहरु माधव नेपाल समूहमा रहेका भीम रावल निकट रहेका छन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *