लिपुलेकका मान्छेले आगामी चुनावमा भोट हाल्न पाउनेछैनन्: ओली

राजनीति

e nepalisamchaar // काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया गरे । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना भाइरसको अवस्थाबारे स्पष्ट पार्न खोजे ।ओलीले चुनाव घोषणाको बचाऊ गरे । उनले मिडियामा पूर्वाग्रही खबर आइरहेको विषय पनि उल्लेख गरे ।

चिनियाँ मिडियाका एकजना पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनताले आगामी निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् ? भनी सोधे । ओलीले बारम्बार त्यो प्रश्नलाई पन्छाउन खोजे । दुईपटक प्रश्नबाट उम्कन खोजेपनि पत्रकारले दोहोर्याएर सोधे ।

ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्शा जारी गरिसकिएको विषय राखे । तर, ५८ वर्षदेखि उक्त क्षेत्र भारतले नियन्त्रणमा राखिरहेको भन्दै जबसम्म भारतले छाड्दैन तबसम्म त्यहाँ नेपालका तर्फबाट मतदान सम्भव नभएको जवाफ दिए । उनले यो विषयलाई अतिरञ्जिन नबनाउन समेत आग्रह गरे ।

पत्रकार सम्मेलनमा ओलीले कालापानीको समस्या कुटनीतिक माध्यमले समाधान गर्न लागिरहेको समेत बताए । उनले उक्त भूमि नेपालकै रहेकोमा प्रष्ट रहेको समेत बताए ।ओलीले भारतले १० लाख खोप अनुदानमा दिएको स्मरणमा रहेको भन्दै १० लाख खरिदको खोपको डोज ल्याउन पहल भइरहेको बताए । उनले सगरमाथा संवादको पनि कुरा गरेकाछन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *