भारतले गरेको ‘बेबी किङ’को प्रस्ताव ज्ञानेन्द्रले नमानेपछि घोषणा भएको थियो गणतन्त्र

राजनीति

e nepaalisachaar//काठमाडौँ। २०६३को परिवर्तन दरबार र भारतको द्वन्दको परिणाम थियो। एकातिर राजा ज्ञानेन्द्र थिए भने अर्को तर्फ मनमोहन सिंह र प्रणव मुखर्जी। उक्त रस्साकस्सीमा भारतले बाजी मार्यो। परिणाम स्वरुप नेपालको राजसंस्था शक्तिबाट हट्यो।

भारतले नेपाल विरुद्ध तत्कालिन नेकपा माओवादीहरुलाई प्रोत्साहन दिईरहेको थियो। छिमेकी मुलुकका हिसाबले तत्कालिन परिस्थितिमा आफ्नै छिमेकी राष्ट्रविरुद्ध एउटा आतंककारी शक्तीलाई त्यसरी आड भरोसा दिनु नैतिक हिसाबले पक्कै पनि सहि थिएन।

नेपाली जनताको बलले गरिएको भनिएको कथित जनआन्दोलनबाट पाएको परिवर्तनको डिजाइन पहिले नै भारतले गरिदिएको थियो। र, दक्षिण एसियामा नै एकोहोरो भारतीय प्रभुत्व विस्तार गर्न बाधा पुर्याईरहेको राजसंस्थालाई उन्मुलन गर्न गरिएको डिजाइन अनुरुप जनताको म्याण्डेट बिना राजालाई ‘गद्दीच्यूत’ गरियो। र, नेपालमा गणतन्त्र र धर्म निरपेक्षता लादियो।

गणतन्त्र जसरी आए पनि त्यसले सबै भन्दा धेरै फाईदा यदी कसैलाई भएको छ भने त्यो नेपालका राजनैतिक दलहरु र त्यसमा आबद्ध नेताहरुलाई नै हो। नेपाल भित्रको एक परम्परागत शक्तिलाई विदेशीसंग मिलेर पाखा लगाएपछि नेपाल भित्र उनीहरुको विकल्प कोहि छैन् अहिले। ‘राजाको रागो फुक्यो चंखे जुरेली’ भने जस्तै अहिले उनीहरुले जे गर्न पनि बेरोकटोक पाइ रहेका छन्। देशमा भ्रस्टाचार, दण्डहिनता र हरेक क्षेत्रमा दलीयकरण मौलाउनुको कारण दलहरुलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्ने अर्को शक्ति नहुनु नै हो।

नेपालमा २०६२/६३ को जनआन्दोलन उचाइमा पुगेको बेला राजा र दलहरूलाई एक ठाउँमा ल्याउने जिम्मेवारीसहित भारतको विशेष दूत बनेर कांग्रेस आईका नेता डाक्टर करण सिंह काठमाडौँ ओर्लिएका थिए।

उनले राजा ज्ञानेन्द्रलाई दरबारमा भेटेका थिए। उनले राजालाई ‘बेबी किङ्ग’को प्रस्ताव गरे। तर त्यसमा राजाले पूर्ण असहमति जनाए।  मध्यस्थता असम्भव देखिएपछि नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेर डा. सिंह भारत फर्किएका थिए।

त्यसै दिन साँझ भारतका प्रधानमन्त्री मनमोहन सिंह जर्मनीको औपचारिक भ्रमणमा जाँदै थिए र रक्षामन्त्री प्रणव मुखर्जी निजी काममा कोलकतामा थिए।

त्यो बेलामा मुखर्जीले आफ्ना प्रधानमन्त्रीसँग के कुराकानी गरे या गरेनन्। तर भारतले त्यसपछि ‘दुईखम्बे नीति (संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र)’ छाडेर ‘हामी नेपाली जनता जे चाहन्छन् त्यो मान्छौँ’ भनेको थियो।

भारतीय प्रधानमन्त्री जर्मनीतर्फ उडेपछि कार्यवाहक प्रधानमन्त्री वा मन्त्रिपरिषद्को वरिष्ठ सदस्यका रूपमा मुखर्जीले दिएको सुझावका आधारमा भारतको विदेश मन्त्रालयले त्यस्तो विज्ञप्ति निकालेको थियो।

यता नेपालमा भने भारतकै इशारामा कोइरालाले ‘बेबी किङ्ग’ को रट्टान गर्न छाडेका थिएनन्। केही समय अघिबाट उनले राजा ज्ञानेन्द्र र युवराज पारसले गद्दी त्यागे ‘बेबी किङ’ राख्न सकिन्छ भनी विराटनगरबाट दिएको अभिव्यक्तिले राष्ट्रिय राजनीति तताएको थियो। कोइरालाले भनेका थिए, ‘संविधानसभाको पहिलो बैठक हुनुअघि नै राजा र युवराजले गद्दी त्यागे राजतन्त्रका लागि भलो हुनेछ।’

भारतको स्पष्ट इशारामा कोइरालाले ‘बेबी किङ्ग’को प्रस्ताव गरेको बुझेका राजाले गरिमा हिन राजा बन्नको लागि गरिएको प्रस्ताव मान्ने कुरै थिएन। सिंहले प्रस्ताव गर्दा त ठाडै अस्वीकार गरेका राजाले कोइरालाको कुरा सुन्छन् भन्नु बेबकुफी थियो। आफ्नो प्रस्ताव अस्वीकार गरेपछि राजा ज्ञानेन्द्र व्यक्तिवादी चरित्रको भएको भन्दै हिँडेका रहेछन् कोइराला त्यतिबेला।

कोइरालाले त्यतिबेला एक वरिष्ठ पत्रकारलाई भनेका रहेछन्, ‘उनको व्यक्तिवादी स्वभाव रहेछ, आफू बाहेक अरुलाई नचिन्ने। परिवारलाई समेत नचिन्ने। उनले गद्दी छोडेको भए त परिवारकै कोही सदस्य राजा हुन्थ्यो नि! तर, उनलाई त्यो पनि मान्य भएन। आफैं मात्र (राजा) हुनुपर्छ भन्ने उनको मनसाय देखियो।’

भारतको जोडबलमा कोइराला राजतन्त्र हटाउने निर्णयमा पुगे। यस सन्दर्भमा कोइरालाका भतिजा निरञ्जन कोइरालाले भनेका रहेछन्, ‘राजा हटाउने वेलासम्म पनि अरु नेताहरूको त कुरै छोडौं, स्वयं गिरिजाबाबुलाई समेत कन्फिडेन्स थिएन।’

यी सबै घटनाक्रमका बीच आफ्ना निकटस्थ प्रभाकर शमशेर राणासँग कुरा गर्दै राजाले आफू विदेशी शक्तिसँग नझुक्ने बताएका रहेछन्। राणासँग उनले बरु आफू अपमानको ज्वाला र मृत्युसमेत वरण गर्ने तर विदेशी शक्तिसम्म अन्तिमसम्म नझुक्ने द्रिण्ता व्यक्त गरेका रहेछन्।

पोहोरसाल दिवंगत हुनु भन्दा केही समयअघि राणाले आफ्नो र राजा ज्ञानेन्द्र बीच भएको संवाद खुलाएका थिए। उनले भनेका थिए, ‘भारतले गरेको प्रस्तावबारे सरकार र म सोल्टी होटलमा कुरा गर्दै थियौं। सरकारबाट आफ्नो हातको ग्लास भुइँमा झारिबक्सियो। सिसा फुटेर चकनाचुर भयो, अनि हुकुम भयो– प्रभाकर, बरु म यसरी चकनाचुर भएर जान्छु, अपमानको आगोमा होमिन्छु तर यिनीहरूको अगाडि कदापी झुक्दिनँ।’

अन्ततः संविधानसभाको पहिलो बैठकले १५ जेठ २०६५ मा २३८ वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गर्‍यो।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *