डिसहोमले तोक्यो २४ लाख कित्ता IPO जारी गर्ने मिति

अर्थ

e nepaalisamchaar// काठमाडौ । डीटीएच सेवाप्रदायक डिशहोमले सर्वसाधारणका लागि झण्डै २४ लाख कित्ता शेयर जारी गर्ने भएको छ । हालै नेपाल धितोपत्र बोर्डले शेयर निष्कासनका लागि अनुमति दिएसँगै डिशहोमले आईपीओ जारी गर्ने ढाेका खुलेकाे हाे ।

डिशहोम २०१७ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । धिताेपत्र बाेर्डकाे अनुमतिसँगै अब कम्पनीले कूल पूँजीकाे १० प्रतिशत शेयर आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ ।

कम्पनीले सय रुपियाँ मूल्यको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियाे ।

यो पनि :

अपि पावर (API) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ। गत आर्थिक वर्षको चैत मशान्तसम्ममा६ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १२ करोड ६२ लाख ६७ हजार रुपैयाँ कमाएको छ जुन १०८.१६ प्रतिशतले धेरै हो।

यस अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै खुद नाफामा वृद्धि भएको हो । चालु आर्थिक वर्षको चैत मशान्तसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट २८ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा विद्युत् बिक्रीबाट २४ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको मा यस अवधिमा यस्तो आम्दानी १८.८८ प्रतिशतले बढेको हो।

त्यस्तै गत वर्ष १५ लाख ४७ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष ६ करोड २९ लाख ८९ हजार रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ छ भने जगेडा कोषमा २८ करोड १ लाख ३६ हजार रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ५२ पैसा छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *