बिरामीले अन्यत्र अक्सिजन र भेन्टिलेटर नपाए भरतपुर पठाइदिनु: रेणु दाहाल

राजनीति

e nepalisamchaar //काठमाडौं । भरतपुर महानगरकी मेयर रेनु दाहालले कोरोना महामारीको विशम परिस्थितीमा पनि यहाँ उपचार नै नपाएर कसैले ज्यान गुमाउनु पर्ने अवस्था नआएको र आउन नदिने बताएकी छिन् ।

महानगरकै बलबुतामा पीसीआर ल्याब स्थापना गरेको र कसरी हुन्छ जनताप्रति उत्तरदायि हुने प्रयासमा आफू रहको उनले बताइन् । अहिले भरतपुर महानगरभित्र अक्सिजनसहितको ५० बेडको आइशोलेसन सेन्टर सञ्चालनमा छ । सुनौलो नेपालसँगको कुराकानीमा मेयर दाहालले महामारीले निम्त्याएका समस्या र चुनौतीका बाबजुद पनि अगाडि बढ्ने प्रयत्न गरेको बताइन् ।

अन्य जिल्लाबाट पनि भरतपुरमा उपचार गराउन आउनेहरुको क्रम बढिरहेकाले चुनौती र उत्तरदायित्व थपिएको उनले जानकारी दिइन् । त्यस्तै केही समय अगाडि सिटी हल र ६ लेन सडककोे उद्घाटनको विवादमा बोल्दै मेयर दाहालले यसको शुत्रधार र योजनाकार को हो भन्ने यहाँका सबै नागरिकलाई छर्लङ्ग रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दैमा योजना पठाइदिनुभयो भनेर पत्याउने कोही नभएको बताइन् ।

उनले भनिन्, हो संघीय बजेट हो, संघीय बजेट हुनेवित्तिकै के प्रधानमन्त्रीको गोजीको पैसा हो र ? हामी पनि संघीय अन्तर्गतकै स्थानीय तह होलाऔँ नि त?’ शिलान्यास गर्ने क्रममा आफूहरुलाई औपचारिक जानकारी नभएको र राजनीतिक कार्यक्रममा आफू नगएको स्पष्ट पारिन् ।

पार्टी विवाद र फुटबारे बोल्दै मेयर दाहालले नेतृत्वमा दम्भ, घमण्ड, व्यक्तिवादी सोचले यस्तो स्थिती सिर्जना भएको बताइन् । देशको प्रमुख, पार्टीको प्रमुख केपी शर्मा ओलीले आइएम द स्टेट भनेर अगाडि बढ्न खोज्दा दुर्घटना भएको उनको भनाई छ । अहिलेको नेतृत्व सन्तुलित, समन्वयकारी हुनपर्ने आवश्यक रहेको अवस्थामा समस्या प्रधानमन्त्रीमा नै रहको उनले जिकिर गरिन् ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *