फेरि अर्को बिपत्तिको संकेत: तामाकोशी नदी थुनियो, जुनसुकै बेला बाढी आउँन सक्ने भन्दै प्रशासनले गर्यो यस्तो अपिल !

समाचार

e nepalisamchaar // दोलखा l जिल्ला प्रशासन कार्यालय दोलखाले तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएकाले जतिसुकैबेला विस्फोट भएर बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सचेत गराएको छ ।

प्रशासनले शुक्रबार राति ९:४५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै तामाकोसी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन भनेको हो ।

प्रशासनले नेपाल-चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्ष भएसँग पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको बताउँदै कुनै पनि समयमा तामाकोसीमा पानीको वहाब बढेर बाढी आउन सक्ने बताएको छ ।

प्रशासनले तामाकोसीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने देखिएकाले सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण स्थानीयलाई सजक रहन र कुनै पनि खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान आग्रह गरेको छ । साथै प्रशासनले कुनै खतराको संकेतप्राप्त भए स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकयामा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *