आजबाट एमाले औपचारिक विभाजन, हस्तीहरु को कता (पुरा विवरणसहित)

राजनीति समाचार

enepaalisamchaar // काठमाडौं, । ‘नेकपा एमाले फुटाउने षड्यन्त्र भो !हतार गर्दै आजै विश्वासको मत लिनेको उद्देश्य यही हो !’ कोटेश्वरमा भीम आचार्य माधवकुमार नेपालका सामु त्यसै कुर्लिएका होइनन् । आज विश्वासको मतको पक्षमा मतदान गर्नेलाई पार्टीबाट निष्काशन गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकबाट गराइसकेका छन् ।

आज विश्वासको मतको पक्षमा को को सांसदले मतदान गर्ने हुन् ? चासोको विषय बनेको छ । ज जस्ले विश्वासको मतको पक्षमा मतदान गर्छन् र भूमिका खेल्छन् त्यो त्यो निष्काशनमा पर्न सक्छन् । निष्काशन हुनेको छिनोफानो विश्वासको मतपछि थाहा हुनेछ ।

नेकपा एमालेभित्र यतिबेलासम्म विश्वासको मतको पक्ष र विपक्षमा भएकाको लगभग नाम आइसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिने एमालेमा नरहेको मानिने बताइसकेका छन् । ओलीको साथमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवहरु प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ्ग, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल जस्ता हस्ती नेताहरु छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामेदव गौतम र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल देखिएका छन् । उनको पक्षमा रहेका केही पदाधिकारी भने पछिल्लो समय तटस्थ भूमिकामा देखिन थालेका छन् ।

उपाध्यक्ष भीम रावल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य तटस्थ देखिन थालेका छन् । उनीहरु ओलीसँग संघर्ष गर्दा गर्दै माधव नेपालसँग पनि असन्तुष्ट बनेका छन् । एमाले एकताको पक्षमा उभिएका यी हस्तीहरुको भने केही लागेन ।

ओली पक्ष
केपी शर्मा ओली | ईश्वर पोखरेल | विष्णु पौडेल | प्रदीप ज्ञवाली | पृथ्वी सुब्बा गुरुङ | सुवास नेम्वाङ | शंकर पोखरेल

नेपाल पक्ष
माधवकुमार नेपाल | झलनाथ खनाल | बामदेव गौतम | अष्टलक्ष्मी शाक्य | घनश्याम भुसाल | अमृतकुमार बोहरा

तटस्थ
भीम रावल | सुरेन्द्र पाण्डे |गोकर्ण बिष्ट | योगेश भट्टराई | भीम आचार्य

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *