‘मुन्द्रेको कमेडी क्लब’ बाट दिपाश्री निरौला आउट, दिपाश्रीको स्थानमा चर्चित नायिका करिश्मा मानन्धरलाई ल्याइयो

मनोरञ्जन समाचार

काठमाडौं, १८ असोज । नेपालको चर्चित टिभी कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाईएसँगै उनको स्थानमा लोकप्रिय नायिका करिश्मा मानन्धरको इन्ट्री भएको छ ।

लकडाउनका कारण स्थगन गरिएको शृखला अब लगातार छायांकन हुने र अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्ने स्रोतले जनाएको छ ।

केही समय अघि दिपाश्रीले राजेश हमाललाई महानायक स्विकार्न नसक्ने जस्तो विबादास्पद अभिब्यक्ति दिएपछि उनलाई हटाइएको हुनसक्ने चौतर्फी चर्चा छ ।

मुन्द्रेको कमेडी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई हटाईएको स्रोतको दाबी छ । अब प्रसारण हुने एपिसोडमा चर्चित पत्रकार ऋषि धमला र नायिकासमेत रहेकी पत्नी एलिजा गौतमलाई अतिथिको रुपमा देख्न पाईने बताइएको छ ।

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *