प्रदेश ५ को राजधानी ‘देउखुरी’ र नाम ‘लुम्बिनी’ दुई तिहाइले पारित

समाचार

बुटवल : प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको टुंगो लागेको छ। मंगलबार प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् नाम र राजधानी टुंगो लगाएको हो।

प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको हो।

प्रदेशको राजधानी देउखुरी तोक्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ।  प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए। त्यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ८९ मत र विपक्षमा चार मत परेको छ। 

पदेश ५ को सरकारले दाङको देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव असोज १६ गते प्रदेशसभामा पेश गरेको थियो।

तस्बिर तथा समाचार : अन्नपूर्ण पोस्ट बाट साभार गरिएको (http://annapurnapost.com/news/167860)

admin
Author: admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *